FAQs Complain Problems

विजयनगर गाउँपालिकाको संक्षिप्त परिचय

विजयनगर गाउँपालिका लुम्बिनी प्रदेश को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ। यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाँङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिमा कृष्णनगर नगरपालिका रहेको छन् । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०६ जना महिला छन्। 

Address: 
लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला
Telephone: 
16607652001
Email: 
info@bijaynagarmun.gov.np
Latitude: 
27.606353
Longitude: 
82.766088